लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र एक निजी स्वामित्वमा रहेको सेवा प्रदायक संस्था हो। वि.सं २०७१ सालमा भरतपुर १०, रिजालचोकमा नेपाल लोकसेवा तयारी केन्द्रको नामबाट स्थापना भएसंगै, वि.स २०७८ सालबाट भरतपुर हाकिमचोकमा लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्रको छुट्टै नामबाट हाल निरन्तर रुपमा सञ्चालन भैरहेको छ ।
स्थापनाकालका वर्षहरूमा हाम्रा सीमित सफलताका वामेपनाहरूमा हाल व्यापकता आएको छ । संस्थाले व्यावसायिक लाभका लागि मात्र नभई गुणस्तरीय प्रशिक्षण मार्फत स्वदेशमै बसेर आयोग तयारीका बहुआयामिक पक्षहरूलाई जोड्ने पुलका रुपमा निरन्तर काम गरिरहेको छ ।
प्रतिस्पर्धा गर्न चाहनेहरूका लागि हामीले एउटा सानो मैदान बनाएका छौ । यो सानो मैदानलाई अभ्यास गर्ने र सफल हुने ठाँउका रुपमा कयौले प्रयोग गरिसक्नु भएको छ। यहाँले पनि किन प्रयोग नगर्ने त ?
हामीहरू +२ पढ्दै देखि नै या त व्याचलर पढ्दै गर्दा या डिग्री हासिल गर्दै गर्दा या कुनै सानो काममा अस्थायी तरिकाबाट लाग्दै गर्दा एक समय लोकसेवाको पढाइलाई छुट्याउने बानीको विकास गरौं।
अब कलेजको नियमित पढाइसँगै, एक पटक, दुई पटक या निरन्तर लोकसेवा, शिक्षक सेवा वा अन्य आयोगको तयारीमा जुट्ने गरौं ।
कलेजको औपचारिक पढाइमा मात्रै सीमित नभई हाम्रा प्रयासका दायराहरू फराकिलो बनाउने गरौं।
हाम्रो आफै भित्रको ऑट अनि प्रयास र निरन्तरताले हामीलाई सफलताको नजिक अवश्य पुर्याउने छ।
अबको पढाइको यात्रा कलेज पढ्दै पनि लोकसेवा र अन्य आयोगका तयारीहरूमा लड्दै पनि। हिँड्ने मान्छे पुग्छ, आज नभए भोली ।